Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी केन्द्रको पेरिसडाँडामा बैठक जारी, तीनै तहको निर्वाचनबारे छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रीय आयोगका अध्यक्षको बैठक पेरिसडाँडामा सुरु भएको छ।

पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा भर्खरै पेरिसडाँडामा बैठक सुरु भएको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

बैठकमा प्रचण्डसँगै पार्टी केन्द्रीय आयोगका अध्यक्ष र निवर्तमान स्थायी समिति सदस्य उपस्थित रहेका छन्। प्रचण्डले बैठकमा केन्द्रीय आयोगका अध्यक्ष र स्थायी समिति सदस्यसँग परामर्श गर्ने मल्ले बताए।

बैठकमा राष्ट्रियसभा तथा तीन तहका निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजनालगायत समसामयिक विषयमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077