Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल

काठमाडौं । यही माघ १२ गते हुने हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका तर्फबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारलाई विजयी गराउने पाँच दलीय गठबन्धनले अपिल गरेको छ ।

पाँच दलीय गठबन्धन समन्वय समितिका तर्फबाट अपील जारी गरी लोकतन्त्रको रक्षाका लागि सझा उम्मेदवार जिताउन आग्रह गरिएको हो ।

अपीलमा भनिएको छ, ’यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठवन्धनबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारहरुलाई विजयी गराएर लोकतन्त्र तथा संविधानको सुरक्षा एवं राजनितिक स्थायित्व सुनिश्चित गर्न हामी हार्दिक अपिल गर्दछौँ ।’

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अध्यक्ष, एकीकृत समाजवादी अध्ययक्ष माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा सांसद दुर्गा पौडेलका तर्फबाट सो अपील जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077