Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आफ्नै श्रीमतीको हत्या गरी श्रीमान फरार

कैलाली । कैलालीमा आफ्नै श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका परशुराम रोक्का मगरले श्रीमती भावना रोक्का मगरको हत्या गरी फरार भएका हुन् ।

घरायसी विवादका क्रमका रोकामगरले धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी नवराज पोख्रेलले बताए।

उनले आफु घटनास्थलमै रहेको र अभियुक्त भने फरार रहेको बताए। फरारको खोजी कार्य जारी रहेको र घटनाको थप अनुसन्धान भइरहेको पोख्रेलले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077