Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव नेकपाको प्रदर्शन

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

सोमबार साँझ विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा राँके जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् ।

उनीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

यस्तै देशका विभिन्न ठाउँमा मूल्यवृद्धको विरोधमा विद्यार्थी संगठनहरु प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077