Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कारागारमा सजाय काटिरहेका एकजना थुनुवाको मृत्यु

मकवानपुर । मकवानपुरको कारागारमा सजाय काटिरहेका एकजना थुनुवाको मृत्यु भएको छ ।

जिल्लाको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा सजाय काटिरहेका बारा जिल्लाको गढीमाई नगरपालिका–१० का ४५ वर्षीय अजयप्रसाद जैसवाल रहेको भीमफेदी कारागार प्रमुख मदन लामा थिङले जानकारी दिए ।

सोमबार बिहान शौचालय जाँदा लडेर बेहोस भएका जैसवाललाई भीमफेदीमा उपचारपछि हेटौँडा अस्पतालमा ल्याउँदा उपचारको क्रममा उनको ज्यान गएको जनाइएको छ ।

जैसवालको शव परिवारले बुझिसकेको प्रमुख थिङले बताए । जैसवाल गत वर्षको भदौ महिनादेखि लागुऔषध मुद्दामा सजाय काटिरहेको थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077