Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जबरजस्ती करणी गर्नेलाई १८ वर्ष कैद सजाय

परासी । नवलपरासी जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गर्ने एक प्रतिवादीलाई १८ वर्ष कैद सजाय सुनाएको छ। सजाय पाउनेमा बर्दघाट नगरपालिका-१२ बस्ने प्रकाश पौडेल रहेको जिल्ला अदालतले जनाएको छ।

प्रतिवादी पौडेलले गत २०७७ साल मंसिर १६ गते स्थानीयवासी १० वर्ष सात महिनाकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेको थियो।

जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको इजलासले आवश्यक प्रमाणका आधारमा पौडेललाई कसूर गरेको ठहर गर्दै आज १८ वर्ष कैद सजायको फैसला गरेको स्रेस्तेदार एवं सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए।

प्रतिवादी पौडेलले बाबुआमासँगै आफन्तको घरमा गएकी बालिकालाई खेलिरहेको साँझको समयमा नयाँ लुगा किनिदिने भनी ललाइफकाइ घरभन्दा केही पर लगी जबर्जस्ती करणी गरेको फैसलामा उल्लेख छ। गाउँलेले थाहा पाएलगत्तै प्रहरीलाई खबर गरेपछि आरोपित पौडेल तत्कालै पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077