Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना, शुक्रबारदेखि मौसम सफा रहने

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम र गण्डकीमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ।

साथै सुदूरपश्चिमका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै बिहीबार प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली हुनेछ। पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको आँकलन मौसमविदले गरेका छन्। शुक्रबार देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077