Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोरोनाको खोप लगाउँदा घुस लिनेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । २० हजार रुपैयाँ घुस लिने एक स्वास्थ्यकर्मीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

कोरोनाविरुद्धको खोप लगाएवाफत २० हजार रुपैयाँ घुस लिएको भन्दै महोत्तरीको महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजयकुमार साहविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

निःशुल्क रुपमा कोभिड-१९ विरुद्धको खोप लगाई दिनु पर्नेमा सेवाग्राहीसँग खोप लगाउन २० हजार रुपैयाँ घुस माग गरेपछि साह पक्राउ परेका थिए ।

हेल्थ असिस्टेन्ट साहको निर्देशनमा कृष्णकुमार यादवले सेवाग्राहीबाट २० हजार घुस लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। अख्तियारले मतियारको रुपमा काम गर्ने यादवलाई पनि २० हजार बिगो माग दाबी गर्दै विपक्षी बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077