Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

केएमसीका संचालक सुनिल शर्मालाई पक्राउ गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (चिकित्सा क्षेत्र आयोगले तोकेको भन्दा बढी शुल्क लिने) केएमसीका संचालक सुनिल शर्मालाई कारवाही हुने बताएका छन्।

बिहीबार राति प्राइम टाइम टेलिभिजनको 'जनता जान्न चाहन्छन्' कार्यक्रममा प्रस्तोता ऋषि धमलासँगको जवाफमा मन्त्री पौडेलले आफूले शर्मालाई पक्राउ गर्न निर्देशन दिएको भन्दै यस्तो बताएका हुन्।

पछिल्लो समय शिक्षा क्षेत्रमा मेडिकल माफियाको बिगबिगी रहेको छ नी ? भन्ने प्रस्तोता धमलाको प्रश्नमा मन्त्री पौडेलले भने, 'चिकित्सा क्षेत्रका विद्यमान समस्याहरु छन्, दोषी देखिए सम्बन्धित व्यक्तिदेखि संस्थाहरुलाई कारवाही हुन्छ '

केएमसीका संचालक शर्मासँग हजुरको कस्तो सम्बन्ध छ ? भन्ने प्रश्नमा मन्त्री पौडेलले भने, 'मैले उहाँलाई शिक्षा मन्त्रालयमा पहिलोपटक देखेको हो, उहाँ (शर्मा)ले भन्नु भयो, तोकिएकै शुल्क कायम गर्छौं, महंगी बढेका कारण शुल्क बढाएका हौं।'

तपाईले शर्मालाई पक्राउ गर्न निर्देशनमा दिनु भएको हो ? तपाईले भनेको पात्र (शर्मा) ले यदी विद्यार्थीहरुले बुझाएको रिपोर्ट सत्य हो भने पक्राउ गर्न निर्देशन दिएको हो, गृहले एक्सन लिओस्, प्रशासनले अनुगमन गरोस्।'

आफूविरुद्ध चौतर्फी आलोचना भएपछि पक्राउ पर्ने डरले संचालक शर्मा पछिल्लो समय अमेरिका पलायन भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077