Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • फेसबुकमार्फत् महिलासँग नग्न तस्बिर माग्ने मुक्ति खनाल साइबर ब्यूरोको फन्दामा

    फेसबुकमार्फत् महिलासँग नग्न तस्बिर माग्ने मुक्ति खनाल साइबर ब्यूरोको फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । प्रहरीको साइबर ब्यूरो भोटाहिटीले सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा कास्की रुपा गाउँपालिका -७ सिस्नेरीका ३१ बर्षीय मुक्ति खनाल भन्ने मुक्तिनाथ खनाल रहेका छन्। खनाललाई ब्यूरोको टोलीले वैदेशिक रोजगारीबाट फर्कदै गर्दा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।



    ब्यूरोका अनुसार पक्राउ परेका मुक्तिले विदेशबाट फेसबुमार्फत् महिलालाई साथी बनाई उनीसँगको कुराकानीमा नंग्न तस्बिरहरु पठाउन धम्की दिने गरेका थिए।



    उनीमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार