Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

माघ महिनाभर विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न सिफारिस गर्ने निर्णय गरेको छ।

सीसीएमसीको आज बसेको बैठकले मन्त्रिपरिषद्समक्ष यस्तो सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्बाट निर्णय भएपछि उक्त व्यवस्था लागू हुने सीसीएमसी स्रोतको भनाइ छ।

यसअघि सीसीएमसीसीको सिफारिसअनुसार माघ १५ सम्म विद्यालयलगायत सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको थियो । कोभिड संक्रमणको जोखिम कम नभएका कारण शिक्षण संस्था खोल्न लगाइएको रोक थप लम्ब्याउन लागिएको हो।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ पाँच/छ हजार माथि रहेको छ । यस्तै, आजको रिपोर्ट अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार नजिक रहेको छ ।

यता, काठमाडौँ उपत्यकामा संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासनले सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू समेत गरेको छ भने नाइट क्लवदेखि, जिमखान, फिल्महललगायतका क्षेत्रहरु बन्द छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077