Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गठबन्धनको औचित्यमाथि नै प्रश्न उठ्न सक्ने रामचन्द्र पौडेलको चेतावनी

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो विकसित अवस्थाप्रति गम्भीर नहुने र निकास नखोज्ने हो भने सत्ता गठबन्धनको औचित्यमाथि नै प्रश्न उठ्न सक्ने बताएका छन् ।

शनिबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा बोल्दै नेता पौडेलले सबैतिर गतिरोध कायम रहेको बताउँदै समयमै निकास दिनुपर्ने बताए । पछिल्लो समय संसददेखि सर्वोच्च अदालतसम्म आन्दोलन भइरहेको भन्दै पौडेल यस्तो बताएका हुन्।

सरकार अहिले संसदमा केही गर्न नसक्ने अवस्थामा रहेको पौडेलको भनाइ छ । स्रोतका अनुसार बैठकमा पौडेलले संसद नचलेको, सर्वोच्च अदालतमा गतिरोध कायमै रहेको बेला व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयास भैरहेको भन्दै धारणा राखेका थिए।

बैठक बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077