Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बढ्दै छ अनलाइन जुवाको जालो, कानुन अभावले कारबाही गर्न समस्या

    बढ्दै छ अनलाइन जुवाको जालो, कानुन अभावले कारबाही गर्न समस्या

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार काठमाडौँको बौद्धबाट अनलाइन जुवा ‘बिङ्गो’ सञ्चालकसहित ७४ जनालाई पक्राउ ग¥यो । काठमाडौँ महानगरपालिका–६, बौद्धस्थित प्लटिङको रेस्टुरेन्टमा अनलाइन जुवा खेलिरहेकामा ६६ जना पुरुष र आठ जना महिला छन् ।

    दोलखाका ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेस्‍टुरेन्टमा वीरेन्द्र मानन्धरले अनलाइन जुवा ‘बिङ्गो’ सञ्चालन गरेको खुलेको छ । मोबाइलमा बिङ्गो एपबाट जुवाका खेल भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । प्रहरीले उनीहरूबाट अनलाइन बिङ्गो खेल्न प्रयोग भएका मोबाइलसहित छ लाख १९ हजार २५० रुपियाँसमेत बरामद गरेको जनाएको छ ।



    यही माघ ११ गते पनि काठमाडौँको ठमेलबाट अनलाइन जुवा सञ्चालन गर्ने बागलुङका राकेशकुमार क्षेत्री र भारतीय नागरिक जसपाल सिंह पक्राउ परेका थिए । सोह्रखुट्टेबाट खटिएको प्रहरीले उनीहरूका साथबाट एक लाख ५५ हजार नगद र लाखौँका बैङ्क भौचर तथा चेक बरामद गरेको थियो ।



    पक्राउ परेका क्षेत्रीले सञ्चालन गरेको होस्टेलबाट अनलाइन बेटिङ र सट्टेबाजीसमेत हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जुवा कमिसन विवादपछि प्रहरीले सो घटना पत्ता लगाएको थियो ।

    यस्तै काठमाडौँको कीर्तिपुरबाट यही माघ ६ गते अनलाइन जुवा तथा ‘मिनी क्यासिनो’ नै सञ्चालन गरेको आरोपमा १२ जना पक्राउ परेका थिए । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार