Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौँमा अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ

    काठमाडौँमा अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । काठमाडौँमा अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।

    काठमाडौं महानगरपालिका–६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका(७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।



    खाजा घरमा अनलाईन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार नगद ७४ हजार १ सय ५० रूपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको छ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार