Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कावासोतीमा कर्कलाको पातले छोपेर गाडिएको अवस्थामा अटो चालकको शव फेला

चितवन । नवलपुरको कावासोतीमा एक अटो चालकको शव फेला परेको छ।

नवलपुर प्रहरी स्रोतका अनुसार कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षीय माधवप्रसाद गिरीको शव घर नजिकैको घोलमा फेला परेको हो।

गिरीको शव घर नजिकैको घोलमा कर्कलाको पातले छोपेर गाडिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । शवसँगै उनले उनले चलाउने अटो रोकिएको छ ।

स्थानीयका अनुसार गएराति घरमै बसिरहेका गिरीलाई एक अपरिचित व्यक्ति आएर अटोमा पुर्याइदिन भनेपछि उनी घरबाट निस्किएका थिए । उनको हत्या भएको हुन सक्ने स्थानीयको भनाइ छ ।

घटनाको अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर मगाइएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077