Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमसीसी बहस

    एमसीसीका कारण गठबन्धन टुट्दैन: जगन्नाथ खतिवडा

    एमसीसीका कारण गठबन्धन टुट्दैन: जगन्नाथ खतिवडा

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले एमसीसीका कारण गठबन्धन नटुट्ने दाबी गरेका छन्।

    खतिवडाले मंगलबार राति प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा प्रस्तोता ऋषि धमलासँगको अन्तर्वातामा यस्तो दाबी गरेका हुन्।



    ‘अब गठबन्धन भताभुंग हुने भो, टुट्ने भो, फुट्ने भो एमसीसीका कारणले । अब तपाईहरु कता ? शेरबहादुर देउवातिर कि प्रचण्ड तिर ?’ भन्ने प्रस्तोता धमलाको प्रश्नमा खतिवडाले भनेका छन्, ‘एमसीसीका कारणले गठबन्धन टुट्छ भन्ने हाम्रो विश्वास छैन, मैले बारम्बार भन्ने गरेको छु, प्रधानमन्त्रीको मत एमसीसी पास गर्नुपर्नेमा होला । तर, हाम्रो छैन।’



    ‘हामी त आजको दिनमा एमसीसी पास गर्नुपर्छ भन्नेमा छैनौं, यसका लागि पांच दलीय गठबन्धनले मात्र निर्णय लिन सक्दैन,’ खतिवडाले भनेका छन्, ‘सिंगो देशको गोलमेल सम्मेलन गर्नुपर्छ, प्रधानमन्त्रीले मात्र पास गर्न सक्नुहुन्छ।’

    पछिल्लो समय एमसीसी पास गराउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेको र गठबन्धनका दलहरु तयार नभए गठबन्धन नै भत्काइदिने भन्ने समाचार बाहिर आएको बेला खतिवडाले यस्तो दाबी गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार