Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

भौतिक रुपमै विद्यालय संचालन गर्नेबारे सिंहदरबारमा छलफल

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिमका कारण बन्द गरिएका विद्यालयहरु भौतिक रुपमा खोल्ने नखोल्नेबारे प्रधानमन्त्री कार्यालयमा छलफल भएको छ।

शुक्रबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विद्यालयहरु खोल्ने नखोल्नेबारे छलफल भएको हो । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारवालासँग छलफल गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा भएको कुराकानीमा विद्यालय खोल्ने विषयबारे छलफल भएको बुझिएको छ । पछिल्लो समय स्थानीय तहले भौतिक रुपमा विद्यालय खोल्ने निर्णय गर्न थालेपछि यसबारे छलफल भएको हो।

छलफलमा प्रधानमन्त्री देउवासहित प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी छन् । यसअघि प्याब्सनका प्रतिनिधिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेपछि विद्यालय खोल्न पाउनुपर्ने माग राखेका थिए ।

पछिल्लो समय कोरोना संक्रमणदरमा कमी आएको छ। यद्यपि स्वास्थ्य मन्त्रालयले भने अझै जोखिम कायमै रहेकाले सतर्कता अपनाउन नागरिकहरुलाई अनुरोध गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077