Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादी केन्द्रले माघ २७ गते पदाधिकारी, पोलिटब्युरो र बाँकी केन्द्रीय सदस्य टुङ्गो लगाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी केन्द्रीय समितिको बैठकबाट पदाधिकारी चयन गर्ने तयारी गरेको छ ।

दाबी गर्नेको सङ्ख्या धेरै भएपछि महाधिवेशन सकिएको एक महिनासम्म पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन । यही माघ २७ गते हुने केन्द्रीय समितिको बैठकबाट पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र बाँकी केन्द्रीय सदस्य टुङ्गो लगाइने भएको छ ।

बैठकमा पदाधिकारी चयन भएपछि स्थानीय निर्वाचनबारे रणनीति बनाउनुका साथै महाधिवेशनले निर्देशन गरेअनुरूप योजना र कार्यनीति बनाइने भएको छ ।

माओवादी नेता हरिबोल गजुरेलले भने, “माघ २७ गतेको केन्द्रीय समितिको बैठकले पदाधिकारीसहितको पार्टी संरचना निर्माण गर्नेछ । त्यसको तयारी भइसकेको छ । ” स्थानीय निर्वाचन घोषणाको तयारी भइरहेकाले पनि अब ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

गत पुस १२–१९ गतेसम्म काठमाडौँमा सम्पन्न माओवादी केन्द्रको आठौँ महाधिवेशनले २९९ मध्ये २३६ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो तर पदाधिकारी र स्थायी समिति चयन नगरी महाधिवेशन सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077