Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रहरी हुँ भन्दै रकम असुल्ने गुरुङ लागूऔषधसहित पक्राउ

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्की दिने एक जना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका वडा नम्वर १ घर भई काठमाडौं महानगरपालिका वडा नम्वर ४ मण्डिखाटार बस्ने ३२ वर्षीय अशिम गुरुङ रहेका छन् ।  गुरुङलाई लागूऔषध र नक्कली हतियारसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ।

सिरहा नगरपालिका वडा नम्वर ७ स्थित बस काउन्टरमा सर्वसाधारणलाई धम्काइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रहरीले गुरुङको साथबाट लागूऔषध नाइट्राभेट–१० लेखिएको ३९ थान, स्पामा प्राक्सिभोन प्लस २२ थान, नेपाल प्रहरीको नक्कली परिचय पत्र १ थान, नक्कली रिभल्वर १ थान, ड्राइगन चक्कु एक थान, असिम गुरुङ लेखिएको मेटल नेम प्लेट २ थान, चेकबुक, एटिएम कार्ड बरामद गरेको छ ।

पक्राउ परेका गुरुङलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट लागूऔषध मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइहेको प्रहरी प्रवक्ता बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077