Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आजको मौसम : देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने सम्भावना

काठमाडौं । उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने सम्भावना रहेको छ ।

अहिले बिहान केही ठाउँमा हुस्सु, कुहिरो लागे पनि दिउँसो घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

आज र भोलि मौसम सामान्यतया सफा नै रहे पनि पर्सिदेखि फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छ ।

पर्सि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

बिहीवार भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा समेत पर्ने अनुमान गरिएको मौसमविद्ले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077