Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • बुटवलमा अनेरास्ववियू र प्रहरीबीच झडप, अध्यक्ष पोखरेलसहित पाँच घाइते

    बुटवलमा अनेरास्ववियू र प्रहरीबीच झडप, अध्यक्ष पोखरेलसहित पाँच घाइते

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.8K
    SHARES

    बुटवल । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध आन्दोलनमा उत्रेका विद्यार्थी संगठन र प्रहरीबीच झडप भएको छ । झडपमा परी पाँच विद्यार्थी घाइते भएको अनेरास्ववियू अध्यक्ष सुनिता बरालले जानकारी दिइन्।

    बरालका अनुसार अनेरास्ववियू रूपन्देहीले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको हो । कार्यक्रममा विद्यार्थीहरूले कालो बेलुन र ब्यानर समेत प्रदर्शन गरेका थिए । विरोधस्वरुप मुख्यमन्त्री कार्यालयअघिबाट कालो बेलुन उडाउने क्रममा प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको थियो ।



    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसीको निर्देशनमा उनीहरुमाथि लाठीचार्ज गरिएको बरालको आरोप छ । मुख्यमन्त्री कार्यालय अगाडि विद्यर्थीहरूले गरेको प्रदर्शनलाई प्रहरीले रोक्न खोज्दा झडप भएको बताइएको छ ।



    झडपमा परी अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियू जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल र गुनबहादुर श्रेष्ठ घाइते भएको अनेरास्ववियूले जनाएको छ । नगर कमिटी अध्यक्ष रोशन घिमिरेको टाउकोमा गम्भीर चोट लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको बरालको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार