Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • राष्ट्रियताका बिषयमा सबै दलहरूको साझा धारणा हुनुपर्छ: माधव नेपाल

    राष्ट्रियताका बिषयमा सबै दलहरूको साझा धारणा हुनुपर्छ: माधव नेपाल

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 759
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्ने बताएका छन् ।

    सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।



    ‘यो ब्रिटिस सरकारले दिने पेन्सन र अरु सुविधाको कुरा मात्र होइन,’ उनले भने, ‘गोर्खा सैनिकको भर्नाबारे पनि टुंगो गर्नुपर्छ,’ अध्यक्ष नेपालले भने।



    यस्तै, कार्यक्रममा अध्यक्ष नेपालले संकीर्ण सोचले विदेश र सुरक्षा नीतिमा साझा धारणा बनाउन नसकिएको बताए। ‘कतिपय विषयमा राष्ट्रिय सहमति चाहिन्छ । सुरक्षा, परराष्ट्रसम्बन्धी नीतिबारे साझा धारणा बनाउनुपर्छ,’ नेपालले भने, ‘त्यो सम्भव हुन सकिरहेको छैन । हामीभित्रको संकीर्णताले गर्दा त्यसो हुन सकिरहेको छैन ।’

    विदेश मामिला र राष्ट्रिय सुरक्षाका विषयमा मुलुकभित्रका सबै दलहरूको साझा धारणा हुनुपर्ने  अध्यक्ष नेपालको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार