Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बैशाख ३० मा चुनाव गर्ने सरकारको निर्णय

    बैशाख ३० मा चुनाव गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकले बैशाख ३० लाई स्थानीय निर्वाचनको मिति तय गरेको हो।



    स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ ।  ४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो ।



    यसअघि निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर, सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार