Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

धितोपत्र बोर्ड अध्यक्षका लागि ५ जनाको ‘सर्ट लिस्ट’ सार्वजनिक (नामावलीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको नाम सर्ट लिस्टमा राखिएको छ ।

आज बसेको सिफारिस समितिको बैठकले अध्यक्ष बन्नका लागि आवेदन दिएका १५ जना आवेदकहरु मध्येबाट छनोट समितिले ५ जनाको नाम सर्टलिस्टमा राखेको हो ।

समितिले रमेशकुमार हमाल, खगेन्द्र कटुवाल, निरज गिरी, कृष्णराज पोखरेल र गोपालप्रसाद भट्टलाई प्रस्तावित अध्यक्षको सर्ट लिस्टमा राखेको हो ।

ती सर्टलिस्टमा परेको पाँच जनामध्येबाट समितिले अध्यक्षका लागि अन्तिम तीन जनाको नाम सिफारिस गर्नेछ । ती मध्येबाट सरकारले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077