Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्पान्योललाई हराउँदै स्पेनिस ला लिगामा बिल्बाओ २–१ गोलले विजयी

एजेन्सी । स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओले जित हात पारेको छ । गएराति भएको खेलमा बिल्बाओले स्पान्योललाई २–१ गोलले हराउँदै जित हासिल गरेको हो ।

घरेलु मैदानमा बिल्बाओलाई पूनरागमन जित दिलाउन ओइहान सानसेट र इनिगो मार्टिनेजले गोल गरे । स्पान्योलका टोनी भिलहेनाको सुरुवाती गोल सान्त्वना बन्यो ।

प्रतिस्पर्धात्मक खेलमा तीनवटै गोल पहिलो हाफमा सम्भव भएको थियो । जितसँगै बिल्बाओ आठौं स्थानमा छ । बिल्बाओले २३ खेलबाट ३४ अंक बनाएको छ ।

पराजित स्पान्योल २७ अंक सहित १३औं स्थानमा छ । तालिकाको शीर्षस्थानमा आसिन रियल म्याड्रिडको ५३ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077