Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • खाग तस्करीका फरार अभियुक्त २३ वर्षपछि पक्राउ

    खाग तस्करीका फरार अभियुक्त २३ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 669
    SHARES

    सांकेतिक तस्विर

    चितवन । गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् ।

    न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो । उनलाई यही माघ ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–७ फुटुङ्गबाट पक्राउ गरिएको हो ।



    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पक्राउ परेका न्यौपानेलाई पक्राउ परेसँग्र कोभिड–१९ सङ्क्रमण देखिएको थियो । कोभिड सङ्क्रमण नेगेटिभ आएसँगै उनलाई कारागार कार्यालय भरतपुर पठाइएको उनले जानकारी दिए ।



    विसं २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब एक दशमलव पाँच किलोमिटर पूर्व खाडलमा पारी गैँडा मारी खाग तस्कर गरेको अभियोेग उनमा लागेको थियो । सो घटनामा १२ जना आरोपित भएका थिए । -रासस

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार