Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा सहितका ६ राजनीतिक दलले संसद् घेराउ गर्दै

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न कम्युनिस्ट पार्टीहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजको माग गर्दै आज संघीय संसद् घेराउ गर्ने भएका छन् ।

एमसिसीविरुद्ध मंगलबार देशभर कोणसभा गरेका नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाले आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवन घेराउको कार्यक्रम तय गरेका छन् ।

बुधबार १ बजे माइतीघर मण्डलामा केन्द्रित भएर विरोध प्रदर्शनसहितको र्‍याली संसद् भवन नयाँ बानेश्वर घेराउ गर्न जाने बताइएको छ ।

संयुक्त वक्तव्य जारी गर्दै नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतिले विरोधका कार्यक्रम तय गरेका हुन् ।

यस्तै नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेल र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी समेत आन्दोलनमा सामेल छन् ।

यसअघि काठमाडौंमा आइतबार बसेको ६ दल र दुई मोर्चाको बैठकले २५ गते देशभर संयुक्त कोणसभा गर्ने, २६ गते काठमाडौंमा संसद् भवन घेराउ गर्ने र सोही दिन देशैभर जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077