Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘न बिर्सें तिमीलाई’को नयाँ भर्सनबारे अञ्जु पन्तले भनिन्- रचना छोरी समान छिन्, तर दु:ख लाग्यो

काठमाडौं । सुपरहिट नेपाली  गजल ‘न बिर्सें तिमीलाई…’ को नयाँ भर्सनलाई लिएर उत्पन्न विवादबारे गायिका अञ्जु पन्तले मुख खोलेकी छन् । रचना रिमालको स्वरमा पुनः रेकर्ड गरिएको गीतप्रति गायिका पन्तले असन्तुष्टी देखाएकी छन्।

हाल अमेरिकामा रहेकी अञ्जुले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी हुन् । फेसबुकमा उनले लेखेकी छन्, ‘उही संगीत, उही एरेन्जमेन्ट, नयाँ भर्सनमा ओरिजिनल गायक–गायिकाको नाम उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुनु दुःखद र अन्यायपूर्ण कुरा हो,’ उनले लेखेकी छन् ।

उनका अनुसार यो गजल नयाँ एरेन्जमा उनकै आवाजमा रेकर्ड गर्ने तयारी गरिएको थियो । सोही अनुसार एरेन्जर महाराज थापाले गरेको नयाँ एरेन्ज आफूलाई पठाइएको र समय मिलाएर पुनः रेकर्ड गर्ने योजना रहेको उनले बताएकी छन् ।

‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समानकी रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैं स्वागत, आशिर्वाद र धेरै माया छ,’ उनले अघि लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077