Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अख्तियारद्वारा पूर्व सहन्यायाधिवक्ता थापाविरुद्ध ६१ लाख बढीको भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उच्च सरकारी वकिल कार्यालय, पोखराका सह-न्यायाधिवक्ता (हाल निलम्बित) सुरेन्द्र बहादुर थापाविरुद्ध लाखौंको भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

आयोगले बुधबार पूर्वसहन्यायाधिवक्ता थापाविरुद्ध ६१ लाख ०२ हजार ०७६ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अनुसन्धानका क्रममा थापाले उक्त रकम गैरकानूनी रुपमा आर्जन गरेको पुष्टि भएको अख्तियारको दाबी छ।

आयोगका अनुसार २०४५।०३।०५ गते सार्वजनिक सेवाको पदमा प्रवेश गरेका थापाले आ.व. २०७५/०७६ सम्मको सम्पत्ति विवरणमा उनको वैध आय एक करोड छयात्तर लाख छयात्तर हजार एकसय बीस रुपैयाँ पन्चानब्बे पैसाको अनुपातमा सोही अवधिमा उनले दुई करोड सैतीस लाख अठहत्तर हजार एक सय सन्तानब्बे रुपैयाँ बयानब्बे पैसा खर्च तथा लगानी गरेको देखिँदा आयभन्दा बढी देखिएको एकसठ्ठी लाख दुई हजार छयात्तर रुपैयाँ सन्तानब्बे पैसाको स्रोत खुल्न नसकेकाले उक्त रकम भ्रष्टाचार देखिएको हो।

अख्तियारले थापाले सार्वजनिक सेवामा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी श्रीमती अन्जु खड्काको नाममा समेत राखेको पाइएको भन्दै अन्जुलाई समेत प्रतिवादी बनाइ मुद्दा दर्ता गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077