Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एमसीसीकै कारण गठबन्धन टुट्ने संकेत, प्रचण्ड र माधवद्वारा देउवालाई सहयोग नगर्ने घोषणा

    एमसीसीकै कारण गठबन्धन टुट्ने संकेत, प्रचण्ड र माधवद्वारा देउवालाई सहयोग नगर्ने घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताकै कारण सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मतभेद भएको छ ।

    जसरी पनि एमसीसी पारित गराउने अडानका साथ अघि बढेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई गठबन्धनमा आवद्द माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सम्झौतालाई असहयोग गर्ने भएपछि उनीहरुबीच मतभेद बढेको हो।



    बिहीबार बिहान बालुवाटार पुगेका ‘प्रचण्ड’ र नेपालले प्रधानमन्त्री देउवालाई भेटेर एमसीसी सम्झौता अनुमोदन गर्न सहयोग गर्न नसकिने बताएका छन्। उनीहरुले एमसीसीप्रति आफ्नो दलको धारणा प्रष्ट पार्दै बिनासंशोधन एमसीसी पास नगर्ने प्रस्ट पारेका हुन् ।



    अमेरिकाले फागुन १६ भित्र एमसीसीबारे टुंगो लगाउन दबाब दिएको छ । एमसीसीकै कारण प्रधानमन्त्री देउवा दबाबमा छन् । एमसीसीमा सहयोग नगरे गठबन्धन तोड्ने देउवाले यसअघि नै प्रचण्ड र माधवलाई चेतावनी दिएका थिए। देउवाले गठबन्धन तोडे एमाले अध्यक्ष केपी ओलीले समर्थन गर्ने बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार