Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लेलेमा रोकिराखेको ट्याक्सीभित्र पुरुषको शव भेटियो

काठमाडौं । ललितपुरको लेलेस्थित सडक छेउमा रोकिराखेको ट्याक्सीभित्र एक पुरुषको शव फेला परेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुर स्रोतका अनुसार मृत भेटिनेमा ट्याक्सी धनीसमेत रहेका चालक वीरबहादुर तामाङ रहेका छन्।

ट्याक्सीको ढोका लक लगेर सुतेका उनी बिहान मृत भेटिएका हुन् । उनको निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमा लागि पठाइएको र पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण पत्ता लाग्ने प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077