Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आगामी निर्वाचनमा ११ लाख बढी मतदाता थपिने

काठमाडौं । आगामी निर्वाचनमा ११ लाख बढी मतदाता थपिने भएका छन् । १८ वर्ष पुगेका करिब ११ लाख नयाँ मतदाता नामावलीमा नाम सूचीकृत भएको निर्वाचन आयोगले जनाएको छ। अहिले नामावली रुजु गर्ने काम भइरहेको छ।

यो तथ्यांक आयोगको अनुमानभन्दा एक लाख बढी भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। आयोगले १८ वर्षमाथिका १० लाख जति मतदाता नामावलीमा सूचीकृत गराउने अनुमान गरेको थियो।

मंसिर १७ गतेदेखि १० दिन हिमाली र पहाडी जिल्लामा र १५ दिन तराईका जिल्लामा आयोगले नामावली संकलनको गरेको थियो। अहिले आगामी निर्वाचनका लागि पनि मतदाता नामावली रुजु गर्ने काम भइरहेको आयोगले जनाएको छ।

इलाका प्रशासन, जिल्ला प्रशासन र स्थानीय तहमा संकलन भएको नामावलीलाई प्रत्येक जिल्लाका आयोगका कार्यालयमा रुजु गरिने सहायक प्रवक्ता अर्यालले बताए ।

चैत १५ सम्ममा मतदाता नामावली तयार गरिने बताइएको छ। माघ २४ गते सरकारले वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तोकिसकेको छ।

सहायक प्रवक्ता अर्यालका अनुसार आगामी निर्वाचनमा एक करोड ७२ लाखले मतदान गर्ने अनुमान छ। २०७४ को निर्वाचनमा एक करोड ४० लाख ७४ हजार ४२४ जनाले मतदान गरेका थिए। अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077