Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० क्रिकेट श्रृङ्खला : नेपाल र ओमानबीचको खेल आज

काठमाडौं । चार देशीय टी-२० क्रिकेट श्रृङ्खला अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली ओमानसँग खेल्दैछ । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट श्रृङ्खला हुन लागेको हो ।

खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि अल अमिरात क्रिकेट मैदानमा सुरु हुनेछ । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले श्रृङ्खला खेल्न लागेको हो ।

यो श्रृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० विश्व कप छनोटको पूर्ण तयारीका रुपमा लिएको छ । नेपाली टोलीमा १७ खेलाडी छन् ।

आउँदो शुक्रवारदेखि सुरु हुने टी-२० विश्व कप छनोटअघि यसलाई १४ सदस्यीय टोलीमा झार्नुपर्नेछ । सन्दीप लामिछाने कप्तान बनेपछि यो उनको पहिलो खेल पनि हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077