Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • देशभर पश्चिमी वायूको सामान्य प्रभाव : पहाडमा बदली, तराईमा हुस्सु

    देशभर पश्चिमी वायूको सामान्य प्रभाव : पहाडमा बदली, तराईमा हुस्सु

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज देशभर पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशको पहाडी भुभागमा आंशिक बदली रहेको छ ।



    यस्तै तराइका थोरै भूभागमा हुस्सु तथा कुहिरो लागेको छ । यसैगरी दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।



    यस्तै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार