Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • काठमाडौंमा बिहानैदेखि वर्षा, यस्तो छ देशभरको मौसम पूर्वानुमान

    काठमाडौंमा बिहानैदेखि वर्षा, यस्तो छ देशभरको मौसम पूर्वानुमान

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन मौसमी प्रणालीका कारण देशभर केही दिनदेखि वर्षा भइरहेको छ ।

    काठमाडौं उपत्यकासहित देशका केही स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।



    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहनेछ।



    पहाडी भू–भागका केही र तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार