Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आजको मौसम देशभर : आंशिक बदली देखि मौसम सामान्यतया सफा

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार सोमबार रातिसम्म लगभग देशभर मौसम सफा रहनेछ।

देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भाग सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

शनिबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। यता आइतबार पनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने बताइएको छ ।

अहिलेसम्मको अनुमानमा एक हप्तायता पानी पार्ने तथा हिमपात गराउने कुनै मौसम प्रणाली विकास हुने सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077