Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रक्सीले मातेका राजुले खुर्पाले हानेर गरे श्रीमतीको हत्या

पर्वत । जिल्लाको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन् ।

माघ २८ गते शुक्रबार बिहान १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीले आरोपित श्रीमान् राजु परियारसहित घटनास्थलबाट खुर्पा पनि नियन्त्रणमा लिएको छ ।

यसअघि पनि पटक–पटक उनीहरूबीच झगडा हुने र सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रमा आएर मेलमिलापपश्चात फर्किने गरेको खुलेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान गरिएको स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियारले मदिरा सेवन गरेको पुष्टि भएको थियो । मदिरा सेवन गरेर आएका राजुले श्रीमतीको हत्या गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077