Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 972
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराएको कांग्रेसले त्यस सम्बन्धमा छलफल गर्नको लागि भोलि (मंगलबार) विहान ९ बजेको लागि बैठक बोलाएको हो ।



    बैठक संसद् भवनमा रहेको ल्होत्से हलमा बस्ने जनाइएको छ । हिजोमात्रै गठबन्धनमा आबद्ध ९८ जना सांसदहरुले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराएका थिए।



    प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा परेका छन् ।

    यता  प्रमुख विपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक अहिले जारी रहेको छ। बैठकमा जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ताबारे छलफल हुने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार