Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एमाले बैठक: चोलेन्द्रलाई बोक्न हुँदैन भनेर ओलीमाथि जाइलागे रावल र भुषाल

    एमाले बैठक: चोलेन्द्रलाई बोक्न हुँदैन भनेर ओलीमाथि जाइलागे रावल र भुषाल

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदद्वय भीम रावल र घनश्याम भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उभिने पार्टीको निर्णयमा आपत्ति जनाएका छन्।

    सोमबार बसेको एमाले संसदीय दलको बैठकमा प्रधानन्यायाधीश जबरा र सर्वोच्चका चार जना न्यायाधीशहरुविरुद्ध महाभियोगबारे छलफल भएको थियो ।



    संसद् भवनस्थित् ल्होत्से हलमा बसेको संसदीय दलको बेठकमा भने तत्काल आवेग र उत्तेजनामा आएर कुनैपनि कदम नचाल्नेबारे अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले ब्रिफिङ गरेका थिए ।



    अध्यक्ष ओलीको ब्रिफिङपछि सांसदद्वय रावल र भुसालले महाभियोग लागेर निलम्बनमा परेका प्रधानन्यायाधीश जबरालाई बोक्दा पार्टीलाई ठूलो क्षति हुने प्रष्ट परेका थिए।

    आइतबार सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का) ९८ जना सांसदले प्रधानन्यायाधीश  जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेको छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार