Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तालाबन्दीको दबावमा आंशिक प्राध्यापकलाई करार र स्थायी नियुक्ति दिन सकिँदैन : त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अनसन र तालाबन्दीको दबावमा आंशिक प्राध्यापकलाई करार र स्थायी नियुक्ति दिन नसकिने स्पष्ट पारेको छ ।

त्रिवि रजिस्ट्रारको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी अनशन र तालाबन्दीको दबाबमा करार स्थायी गर्न नसकिने जानकारी दिएको हो ।

विश्वविद्यालयका पदाधिकारीलाई भौतिक, मानसिक र नैतिक दबाब दिई आंशिकलाई स्वतः करार र करारलाई स्वतः वा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने परम्परा स्वीकार्न नसकिने त्रिविको ठहर छ ।

आंशिक प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने त्रिविसभाको विगतको निर्णय लागू माग गर्दै आंशिक प्राध्यापकहरुले माघ ६ गते तालाबन्दी गरेका थिए ।

आंशिक प्राध्यापकको मागका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको र समस्या समाधानका लागि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई जानकारी गराइसकेको त्रिविले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077