यस्तै, एमालेकी सांसद शान्ता चौधरीले पनि आलेको उक्त धम्कीको आलोचना गरेकी छिन् । ‘हद नाघेर अश्लिल बोल्ने आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर’ भन्दै सामाजिक सञ्जालवाट उनको राजिनामा माग गरेकी छिन् ।पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानूनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रमं देउवा र नेकपा (एस) का अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ।हेरौं उहाँहरू जनता, समाज र कानूनप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ!
— Dr. Bhim Rawal (@BhimRawal179) February 15, 2022
मन्त्री आले र ती युवाबीचको संवाद एमाले कार्यकर्ता जगत ओलीकाे फेसबुकबाट सार्वजनिक भएसँगै सामाजिक संजालभर उनको राजिनामाको माग उठेको छ।हद नाघेर अश्लील बोल्ने , आमालाइ समेत जोडेर धावा बोल्ने प्रेम आलेलाइ तुरुन्त बर्खास्त गर ।
— Shanta Chaudhary (@shantadangnepal) February 15, 2022