Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौँको नयाँ बजारबाट हजारौंको नक्कली नोटसहित रौतहटका चार जना पक्राउ

काठमाडौँ। महानगरीय अपराध महाशाखाले हजारौं हजारका नेपाली नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रौतहट गौर घर भई हाल काठमाडौँ बस्नेहरु २८ बर्षीय, पृथ्वी प्रसाद साह, २७ बर्षीय मोहम्मद मुसरफ अली, ३० बर्षीय असरफ अली सहिद र २८ बर्षीय महमद शम्साद आलम रहेका छन्।

बुधबार दिउँसो काठमाडौँ महानगरपालिका-१६स्थित मेडिकल चोक एरियामा केही ब्यक्तिहरुले नेपाली नक्कली नोटको अबैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार उनीहरुको साथबाट झ/७३ - ६३६७०३ नम्बरको नक्कली नेपाली नोट थान ५५, झ/८३ - ६१३६७५ नम्बरको नक्कली नेपाली नोट थान ५४, झ/७३ - ६३६७०२ नम्बरको नक्कली नेपाली नोट थान ४९, झ/३६ - ५३०६६० नम्बरको नक्कली नेपाली नोट थान ४३, झ/१६ - ७६१४४४ नम्बरको नक्कली नेपाली नोट थान ४३, झ/७६ – ५५२४५१ नम्बरको नक्कली नेपाली नोट थान ४३ र झ/६४ – ५५३६२२ नम्बरको नक्कली नेपाली नोट थान ४ समेत बरामद गरिएको छ।

उनीहरुमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077