Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जुवाको खालबाट ६ जना पक्राउ, करिब ५० हजार बरामद

काठमाडौं । बर्दियामा जुवा खेलिरहेको अवस्थामा नगदसहित ६ जना पक्राउ पक्राउ परेका छन् । जिल्लाको मधुवन नगरपालिका–९ बेलटाँरीबाट जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गएराति बेलटाँरी गाउँमा केही व्यक्तिले जुवातास खेलिरहेको विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक चक्रबहादुर डमरपालको कमाण्डमा खटिएको प्रहरी टोलीले ४८ हजार २८५ रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका–९ बस्ने २९ वर्षीय विनोद चौधरी, २३ वर्षीय राजेश चौधरी, २८ वर्षीय प्रकाश चौधरी, ३१ वर्षीय मानबहादुर चौधरी, २८ वर्षीय हिमाल चौधरी र २९ वर्षीय दिलिप तामाङ रहेका छन् ।

जुवा खेल्न प्रयोगमा ल्याइएको ताससहित पक्राउ गरेका व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय बर्दियाबाट जुवा सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077