Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कुकुरको टोकाइबाट २० घाइते, कुकुरलाई नियन्त्रण गर्न माग

काठमाडौं । महोत्तरीमा कुकुरको टोकाइबाट २० जना घाइते भएका छन् । जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा एउटै कुकुरको टोकाइबाट २० जना घाइते भएका हुन् ।

बजराहीको आधारभूत विद्यालयको छेउ भएर ब्रह्मबाबा स्थानसम्म जाने बाटोमा रहेको कुखुरा फाराम नजिकै बसिरहने कुकुरले टोकेर स्थानीयवासी २० जनालाई घाइते बनाएको हो ।

स्थानीयवासीले सो कुकुरलाई नियन्त्रण गर्न जलेश्वर नगरपालिकासँग माग गरेका छन् ।

विगत तीन÷चार दिनको अवधिमा सो कुकुरले स्थानीय चन्दु ठाकुर, रामआश्रे मण्डल, रमेश ठाकुरसहित आठ महिला र १२ पुरुष गरी २० जनालाई टोकेर घाइते बनाएको स्थानीयवासी चन्देश्वर साहले बताए ।

घाइतेहरूले जिल्ला अस्पताल जलेश्वरमा उपचार गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077