Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यस्तो छ २०७८ फागुन ५ गते बिहिवारको राशिफल

काठमाडौं । आज २०७८ फागुन ५ गते बिहिवारको राशिफल । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार फलादेश हुन्छ ।

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष

भाग्यमा वृद्धि हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

मिथुन

आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

सिंह

आज ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

तुला

मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्ला । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

धनु

प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ

आज अकस्मात् सफलता पाइन सकिन्छ तर अपमानको सम्भावना रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

बृष

आज नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावश्यक खर्चबाट बच्न सकिन्छ ।

कर्कट

नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । छोटो यात्रा पनि हुनेछ ।

कन्या

आज मन मनमा अशान्ति र गलत आचरणतर्फ मनजान सक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । खर्चको मात्रामा पनि वृद्धि हुनसक्छ ।

बृश्चिक

आज भाग्यमा वृद्धि हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ ।

मकर

क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नसक्छ । शत्रुपक्ष हावी हुन सक्छन् ।

मीन

आज रहस्यात्मक विषय र अनुसन्धानात्मक कार्यमा जाग्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको साथ र सहयोग पनि मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077