Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्पेनिस ला लिगा : लेभान्टेसँग एट्लेटिको मड्रिड पराजित

एजेन्सी । स्पेनिस ला लिगामा पुछारको टिम लेभान्टेसँग एट्लेटिको मड्रिड घरेलु मैदानमै पराजित भएको छ ।

बुधबार राती भएको खेलमा लेभान्टेसँग एट्लेटिको मड्रिड १-० ले पराजित भएको हो । यससँगै एट्लेटिकोले ला लिगाको शीर्ष चारमा उक्लने मौका गुमाएको छ ।

लेभान्टेले जारी सिजन लिगमा एक खेलमात्र जित्न सफल भएको थियो । तर एट्लेटिकोले लेभान्टेसँग निरिह बन्यो ।

हारपछि २४ खेलबाट ३९ अंक जोडेको एट्लेटिको पाँचौं स्थानमा छ । लेभान्टे भने १४ अंकका साथ पुछारमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077