Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चलचित्र निर्देशक रेशराज आचार्यको निधन

    चलचित्र निर्देशक रेशराज आचार्यको निधन

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । हृदयघातका कारण चलचित्र निर्देशक रेशराज आचार्यको निधन भएको छ । आचार्यको बुधबार बेलुकी उपचारको क्रममा ओम अस्पतालमा निधन भएको चलचित्र निर्देशक समाजले जनाएको छ।

    समाजका अनुसार एक वर्षदेखि बिरामी रहेका आचार्यको स्वास्थ्यमा अकस्मात् समस्या देखिएको थियो।



    चलचित्र तिलहरीबाट निर्देशन यात्रा सुरु गरेका उनले टुहुरो, माटो बोल्छ, बन्धन, आमा, मन मुटु र माया,लगायत दर्जन बढी चलचित्रमा निर्देशन गरेका छन्।



    उनको बिहीबार नै आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आचार्यका श्रीमती र एक छोरा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार