Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • विप्लवसहित ८ दलीय मोर्चाले भोलि एमसीसीविरुद्ध देशभर संयुक्त विरोध प्रदर्शन गर्ने

    विप्लवसहित ८ दलीय मोर्चाले भोलि एमसीसीविरुद्ध देशभर संयुक्त विरोध प्रदर्शन गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । एमसीसीविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले फागुन ६ गते देशभर संयुक्त विरोध प्रदर्शन गर्ने भएको छ ।

    मोर्चाको बिहीबार बसेको संयुक्त बैठकले एमसीसीविरुद्धको आन्दोलनलाई थप पेचिलो बनाउने निर्णय गरेको हो ।



    यस्तै भोलि १२ बजे काठमाडौंको माइतीघर मण्डलाबाट संसद भवन अगाडि नयाँ बानेश्वरसम्म संयुक्त विरोध प्रदर्शन गर्ने मोर्चाले जनाएको छ ।



    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मसाल, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी आन्दोलनमा छन् । यस्तै नेपाल बन्दको दिन पक्राउ परेकाहरुलाई विना शर्त तुरुन्त रिहा गर्न समेत माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार