Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमसीसीबारे निर्णय लिन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

    एमसीसीबारे निर्णय लिन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । एमसीसीबारे निर्णायक छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन सकिएको छ ।

    करिब दुई घण्टासम्म बसेको बैठक शुक्रवार बिहान ९ बजे फेरि बस्ने निष्कर्षविहीन सकिएको हो । बैठकमा कुनै निष्कर्ष ननिस्केको र भोलि बिहान ९ बजे फेरि बस्ने सहमति जुटेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।



    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू बैठकमा सहभागी छन् ।



    यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सहभागिता रहेको छ ।

    जनता समाजवादी पार्टीबाट भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् । बैठकमा राष्ट्रिय जनमोर्चा पनि अनुपस्थित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार