Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता, एनसेल र अर्थतन्त्रबारे छलफल

    देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता, एनसेल र अर्थतन्त्रबारे छलफल

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 504
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत प्रमुख सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच बुधबार साँझ भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच अर्थतन्त्र, एनसेल शेयर खरिद बिक्री र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।



    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्रमाथि वर्तमान गठबन्धनले निरन्तर हमला गरिरहेको अरोप लगाउँदै आएका छन् ।



    यता प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न सरकारलाई निर्देशन दिएको छ। समितिले एनसेलका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै बोलाउने निर्णय गरेपछि उनले छलफललाई तीब्र बनाएका हुन्।

    एनसेलले शंकास्पदरुपमा शेयर खरिद बिक्री गरेको भन्दै सर्वत्र आलोचना र बहस भइरहेको छ । आजियाटा समूहले तीन दिनअघि मात्र एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको थियो।

    सोही सेयर स्पेक्ट्रलाइट यूकेले ५० मिलियन अमेरिकी डलरमा खरिद गरेको हो। शुक्रबारको विनिमय दरअनुसार ६ अर्ब ६५ करोड ७० लाख रुपैयाँमा किनबेच भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार